एजेन्सी–गायक टाेनी कक्कडको नयाँ गीत आज रिलीज भएको छ। जसमा उनको साथ उवर्शी रौतेलाले अभिनय गरेकी छिन्। आफ्नो बोल्डनेसको कारण चर्चामा रहेकी उर्वशीकाे अभिनयले उक्त गीतमा दशर्कलाइ झटका दिएकाे छ।
हालै रिलिज भएकाे टोनी कक्कडकाे गीत ’धीमे धीमे’ धेरै चर्चित भएको थियो। त्यसपछि फ्यान्सहरुलाई उनको अर्को नयाँ गीतको पर्खाइ थियो। यो गीत आज नै सोशल मिडियामा सार्वजानिक भएको छ। यो गीतमा शब्द, संगित र आवाज टोनी कक्कडका छन्।
टी–सीरिजले निर्माण गरेको उक्त गीतलाई शैभीले निर्देशन र सम्पादन गरेका छन्। टी–सीरिजले यस गीतलाई Electrifying Song of the Year बताएका छन्।
टोनी कक्करको गीत सोशल मीडियामा निकै चर्चित छ। टिकटकमा पनि उनको गीत भाईरल हुने गरेका छन्। बलिउडको पनि टोनीले ‘कोका कोला तु’ जस्तो केही सुपरहिट गीत दिएका छन्। अभिनेत्री उर्वशी अब छिटै फिल्म ‘पागलपंती’ मा पनि देखिने भएकी छिन्।
https://youtu.be/hpBQo3xkQPE