काठमाडाैं– एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले अंक बाँडेको छ। जोर्डनमा जारी प्रतियोगितामा नेपाल र कुवेतले १–१ गोलको बराबरी खेलेका हुन्।
रोमाञ्चक बनेको खेलको पहिलो हाफमा दुबै टोली गोल गर्न असफल भएका थिए। दोस्रो हाफको ७४ औं मिनेटमा नेपालका दिपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर नेपालले इन्जुरी समयमा अग्रता गुमाउनपुग्यो। कुवेतका अब्दुलवाहब अलहिन्दिले थप गरिएको समयमा गाेल गर्दै खेललाई बराबरीमा सकाएका थिए।
पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा भने सुधारीएको खेल प्रदर्शन गरेको थियो। नेपालले अर्को खेल असोज ३ मा ताजकिस्तानसँग र असोज ५ श्रीलंकासँग खेल्नेछ।
नेपालको यस बराबरीसँगैे २ खेलबाट १ अंक छ भने कुवेतको २ खेलबाट ३ अंक छ।