एजेन्सी–अमेरिकी गायिका जेनिफर लोपेज चौथो पटक विवाह गर्ने भएकी छिन् । जेनिफरका अनुसार दुई वर्षको डेटिङपछि मार्च २०१९ मा पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्सले उनीसगँ विवाहका लागि प्रस्ताव गरेका थिए। उनीले यो सम्बन्धलाई भने गम्भीरताका साथ लिइरहेकी छिन्।
यो भन्दा अगाडि जेनिफरले ३ चोटी विवाह गरिसकेकी छिन्। उनले पहिलो विवाह सन् १९९८ मा क्यूबाली वेटर ओजानी नोआसगँ गरेकी थिइन्। यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन र एक वर्षमा नै समाप्त भयो। त्यसैगरि उनले दोस्रो विवाह सन् २००१ मा डान्सर क्रिस जडसँग गरेकी थिइन् र सन् २००३ मा उनको सम्बन्धविच्छेद भयो। सन् २००४ मा गायक मार्क एन्थोनीसँग उनले तेस्रो सम्बन्ध जोडिन्। उनीहरुको ११ वर्षे जुम्ल्याहा सन्तान म्याक्स र एम्मे पनि छन्। यी दुईको सम्बन्ध पनि सन् २०१४ विच्छेद भयो।
जेनिफरले यो भन्दा अगाडिको विवाह सम्बन्ध राम्रो नभएको र अब यो सम्बन्ध भने दिगो रहने बताएकी छिन्। उनी भन्छिन्, ‘मैले बुझिसकेकी छु कि विवाह भनेकाे प्रेममा हुनु र एउटै घरमा बस्नु मात्रै होइन। विवाह निकै ठूलो कुरा हो। एलेक्स र मबीच सुरुदेखि नै एउटा सम्बन्ध रहेको छ र सायद उनीसँग म आफ्नो भविष्य देख्न सक्छु।’