काठमाडौँ, ८ माघ – नेपाली चलचित्र ‘दी ब्रेकअप’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा कार्यक्रम गरी निर्माण टिमले कलरफुल ट्रेलर सार्वजनिक गरेको हो।
चलचित्र हेमराज विसीको निर्देशनमा बनेको छ। चलचित्रमा लिड कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ।
चलचित्रको कथामा अध्ययनका लागि अस्ट्रेलिया पुगेका यी दुई कसरी एकअर्कासँग नजिक हुन्छन् र के कारणले टाढिन्छन् भन्ने विषयलाई प्रस्तुत गरिएकाे ट्रेलरबाट अनुमान गर्न सकिन्छ।
ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ। प्रेम जीवनमा आउने उचारचढाव फिल्म आधारित रहेको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक विसीले बताए। ट्रेलरमा आशिरमान र शिल्पाबीचको ‘लिपलक’ सिन पनि पर्याप्त मात्रामा समावेश गरिएको छ। चलचित्र फागुन १७ मा आउँदैछ।
चलचित्रको ६० प्रतिशत छायाङ्कन अस्ट्रेलियामा र ४० प्रतिशत पोखरामा भएको हो। आशिरमानले यसअघि ‘ग्याङस्टार ब्लूज’मा हेमराजसँग काम गरेका थिए। तर, फिल्मले बक्सअफिसमा कमाल गरेन। उनी दोस्रो सहकार्यले भने निराश नबनाउनेमा विश्वस्त देखिन्छ।
‘दी ब्रेकअप’लाई नरेन्द्र मैनालीले छायाङ्कन गरेका छन्। यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक विसीले संयुक्त लगानीमा निर्माण गरेका हुन्। निर्देशक विसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
चलचित्रमा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। नरेन्द्र मैनालीको छायाङ्कन रहेको फिल्ममा शैलेन्द्र श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ।
फिल्मका गीतमा प्रकाश मल्लको शब्द छ भने विशेष पाण्डे र विराज गौतमले स्वर भरेका छन्।
https://youtu.be/CmZBl4lVeJk