एजेन्सी– यूईएफए च्याम्पियन्स लिगमा आज दुई ठुला क्लब एकअर्काविरुद्द मैदान उत्रँदै छन्। समुह चरणको खेलमा बेलुका १२ः४५ मा स्पेनीस क्लब रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्।
फुटबल जगतमा निकै प्रतिस्पर्धात्ममक मानिने च्याम्पियन्स लिगमा यी दुई क्लब एकै समुहमा परेका छन्। आज हुने खेलमा पीएसजीका लागि दुई स्टार भने मैदान नउत्रने पक्का भइसकेको छ।
ब्राजिलियन स्टार नेयमारले प्रतिबन्धका कारण खेल गुमाउने छन् भने फ्रानसेली स्टार एमबाप्पे चोटका कारण मैदानबाहिर रहने छन्। त्यस्तै फरवार्ड एडिन्सन काभानी पनि पुर्ण स्वस्थ नभएको कारण पीएसजी थप समस्यामा देखिएको छ।
उता रियल म्याड्रिडले केहि उत्कृष्ट खेलाडीहरु गुमाउने बताइएको छ। पीएसजीविरुद्धको खेलमा लेफ्ट ब्याक ब्राजिलियन स्टार मार्सेलो उपलब्ध हुने छैनन्। त्यस्तै कप्तान सर्जियो रामोस र नाचो फर्नान्डेज प्रतिबन्धमा छन् भने इस्को, लुका मोड्रिच, मार्काे एसेन्सो र फेडे भालभेर्डेले चोटबाट ग्रसित छन्।