एजेन्सी– अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी लामो समयदेखि मैदान बाहिर छन्। चोटका कारण नयाँ सिजन उनले एउटा पनि खेलमा सहभागिता जनाएका छैनन्।
उनको स्वास्थ्यलाई लिएर कुनै पनि रिक्स लिन नचाहेको भन्दै उनलाई बार्सिलोनाले नियमित टोलीमा समावेश गरेको थिएन। पिडुलामा चोट कारण ला लिगाका सुरुवाती चार खेल गुमाएका थिए। नियमित कप्तान मेसी नहुँदा बार्सिलोनाले ला लिगाका ४ मध्ये २ खेलमा मात्र जित निकालेको छ।
कप्तानबिनाको बार्सिलोना खेलमा केहि धर्मराएको पनि देख्न सकिन्छ। तर च्याम्पियन्स लिगको पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध भने मेस्सी मैदान उत्रने बताइएको छ। मेसीले मेडिकल पास गरेको र उनी प्रशिक्षणमा फर्किसकेको बार्सिलोनाले जानकारी दिएको छ।
आज (मंगलबार) बेलुका १२ः४५ मा सो खेल हुनेछ भने खेलमा बार्सा तथा मेस्सीका फ्यानले उनको जादुमय खेल देख्न पाउने भएका छन्।