काठमाडौं–फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को तेस्रो गीत सार्वजनिक भएको छ। अशोज ३ गते प्रर्दशन हुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को ‘माया पिरती’ बोलको गीतको भिडिओमा दयाहाङ राई र उपासना सिंह ठकुरीको मुख्य अभिनय रहेकाे छ।
कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा दयाहाङ राई (काजी)को पिरव्यथा समेटिएको छ। फिल्मको अभिनयमा दयाहाङ राई र उपासना सिंह ठकुरी बाहेक कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल र अरुणा कार्कीलगायत कलाकारहरु देख्न सकिन्छ। यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका छन्।
https://youtu.be/DHEpLSbE388