काठमाण्डौं– फिल्म‘कबड्डी कबड्डी कबड्डी’ टिमले भरतपुरमा निर्माण भइरहेको ‘गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’कोे लागी आर्थिक सहयोग गरेको छ। उक्त टिमले ‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई ३ लाख रकमको चेक प्रदान गरेका छन्।
फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ का कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले उक्त चेक ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई दिएका हुन्।
रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गतेबाट नेपालभर सिनेमाघरहरुमा रिलिज हुँदैछ।