काठमाडौं– प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबलको फाइनल आज पनि स्थगित भएको छ। फाइनलमा पुलिस क्लब र त्रिभुवन आर्मीले स्थान बनाएका थिए।
खेल वर्षाका कारण रोकिएको हो। उक्त फाइनल खेल शनिबार बसपार्क्स्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा विहान ८ बजे खेलाइने बताइएको छ। यसअघि पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई र त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई पाखा लगाउँदै फाइनल पुगेका थिए।
प्रतियोगिताको विजेतालाई ५ लाख रुपैयाँ र उपविजेतालाई ३ लाख रुपैयाँ दिइनेछ भने उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले बताएको छ।