काठमाडौँ, ८ माघ – नेपाली चलचित्रका अभिनेता अर्पण थापाले चलचित्र निर्माण गर्ने भएका छन्। थापा निर्देशित चलचित्र ‘घर’को छायाङ्कन शुरु भएको छ। सोमबार काठमाडौँको बूढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाङ्कन शुरु गरिएको हो।
अभिनेता अर्पणकै कथामा आधारित भएर चलचित्र बन्न लागेको हो। यस चलचित्रमा अर्पण, वेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाल लगायतका कलाकारको भूमिका रहनेछ।
चलचित्र ‘घर’ शर्मिला पाण्डेको लगानीमा बन्न लागेको हो। चलचित्रलाई २० दिनमै सम्पन्न गर्ने र बूढानीलकण्ठकै आसपासका क्षेत्रमा खिचिने निर्माता दीपेन्द्र के खनालले जानकारी दिए। यस चलचित्रको छायाङ्कन निरज कँडेलले गर्नेछन्।