एजेन्सी– सन् २०२० को साफ च्याम्पियन्सिप बंगलादेशमा सञ्चालन हुने सहमति भएको छ। प्रतियोगिता २०२० को सेप्टेम्बर महिनामा सञ्चालन हुनेछ।
उक्त च्याम्पियनसिफ यसअघि पाकिस्तानमा हुने बताइएको थियो। तर सोमबार मलेसियामा बसेको साफको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। अघिल्लो संकरणको साफ च्याम्पियन्सिप पनि बंगलादेशमा नै सम्पन्न भएको थियो।
गत वर्षको सेप्टेम्बरमा भएको संकरणको उपाधि माल्दिभ्सले जितेको थियो। उक्त बैठकमा साफका उपाध्यक्ष समेत रहेका मणि कुँवर र एन्फा महासचिव इन्द्रमान तुलाधरले नेपालको प्रतिनिधितव गर्दै सहभागि भएका थिए।
सोहि बैठकमा अगष्ट महिनामा साफ यु–१५ च्याम्पियनसिपसाफ सेप्टेम्बर र अक्टोबर महिनामा यु–१८ महिला च्याम्पियनसिप र अक्टोबरमा नै यु–१५ च्याम्पियनसिप हुने सहमति पनि भएको छ। बंगलादेश फुटबल महासंघका अध्यक्ष काजि सलालुद्दीनको अध्यक्षतामा सो बैठक बसेको थियो।