काठमाडौं– भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’ले एभरेष्ट प्रिमियर प्रत्यक्ष प्रसारण गर्ने भएको छ। ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरअनुसार डिस्कभरी एसिया प्यासिफिकले सन्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकार खरिद गरेको हो।
यसअघि डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गरेको थियो। आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानललाई पनि अधिकार प्रदान गर्ने अख्तरले बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यो कुराको जानकारी गराएका हुन्। विश्वसामु नेपाली क्रिकेटको राम्रो सन्देश जान सक्ने उक्त सम्झौतामा ईपीएलका अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले हस्ताक्षर गरेका हुन्।
यो नै नेपालको इतिहासमा पहिलो पटक नेपाली फ्रेन्चाइज क्रिकेटमा अन्तर्रा्ष्ट्रिय मिडियाको प्रयोग हुनेछ। ईपीएलको चौथो संस्करण आगमी फागुन १७ देखी चैत्र १ गते सम्म सञ्चालन हुनेछ।