काठमाडौँ, ८ माघ – गायक कुलेन्द्र विक र गायिका शान्ति रिजालको नयाँ गीत सार्वजनिक भएको छ। ‘सालको पात टपरी’ सर्वाधिक सफल भएपछि कुलेन्द्रले नयाँ गीत ‘फूलमा बस्ने भमरा’ सार्वजनिक गरेका हुन्।
गीत कस्तुप पन्तको लय तथा सिर्जनामा तयार भएको छ। युवा अवस्थामा कसैले कसैलाई मनदेखि मन पराउँछ भने उसलाई नै जीवनको सर्वस्व ठानिरहेको हुन्छ। यही विषयवस्तुलाई गीतमा समेटिएको छ।
नेपाली लोक तथा दोहोरी गीत सङ्गीतमा क्रियाशील गायिका शान्तिले थुप्रै गीत सार्वजनिक गरिसकेकी छन्। पछिल्लो समय उनकाे आफ्नै म्युजिक कम्पनी ओम शान्ति म्युजिक प्रालि पनि सञ्चालनमा छ।
गायिका शान्तिको पछिल्लो गीत ‘फूलमा बस्ने भमरा’को भिडियो निकै आकर्षक बनेको छ। भिडियोमा रामजी खाँड र तारा कार्कीको अभिनय रहेको छ। यस भिडियोलाई निश्चल केसीले निर्देशिन गरेका हुन्। मुकेश हुमागाईंको छायाङ्कन रहेको यस गीतको म्युजिक भिडियोमा अमृत चापागाइँले सम्पादन गरेका छन्।
https://youtu.be/v47ZaafYdn4