एजेन्सी–पछिल्लो समयमा बक्स अफिस ‘साहो’ बाट प्रभासले चर्चा पाइरहेका छन्। त्यसैगरि ऋतिक रोशन पनि छिट्टै ‘वार’ मार्फत् प्रशंसकको जोश बढाउनका लागि तयार छन्। उनीहरुको हरेक फिल्म प्रशंसकहरु व्यग्रताका साथ प्रतिक्षा गर्ने गर्छन्।
‘बाहुबली’ प्रभास र भारतीय सुपरहिरो ‘कृष’ ऋतिक रोशनका प्रशंसकका लागि खुसीको खबर सार्वजनिक भएको छ। बलिउड निर्देशक नितेश तिवारीले यी दुई एक्सन स्टारलाई सँगै पर्दामा देखाउने तयारी गरिरहेका छन्।
ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘रामायण’ मा प्रभासको पनि आगमन भएको छ। उक्त फिल्ममा भगवान् रामको भूमिकामा ऋतिक रोशन र माता सीताको भूमिकामा दीपिका पादुकोण त्यसैगरि ‘रावण’ को भूमिकामा प्रभास देखिने भएका छन्।