एजेन्सी–अमेरिकन पोकर प्लेयर र प्लेब्वाइ मिलियनेयर डेन बिल्जेरियन आफ्नो शानदार लाइफस्टाइलले चर्चामा बनिरहन्छन्। डेन बिल्जेरियन आफ्नो प्रोडक्ट्स को लन्च गर्नको लागि हालै भारत आएका थिए। उनले भारतकोे सबभन्दा ठूलोे पोकर इभेन्ट ‘इंडिया पोकर चैम्पियनशिप’ मा पनि सहभागी भएका थिए।
डेन बिल्जेरियनले सेतो रङ्को टी–शर्ट र शर्ट्स लगाएका थिए। तर उनको घडीको भने चारैतिर चर्चा भइरहेको छ। उनले यती महंगो घडी लगाएको छ की जुन मुल्यमा नयाँ घर र कार आउछ। सोशल मीडियामा पनि उनको घडी चर्चाको विषय बनेको छ।
Richard Mille RM11-03 डेन बिल्जेरियनले लगाएको घडीको नाम हो। उक्त घडीको मुल्य १ लाख ९१ हजार छ सय डलर (१ करोड ३६ लाख रुपैँया) रहेको छ। बिल्जेरियन १५० मिलियन डलरको मालिक रहेका छन्।
घडी McLaren को इन्जीनियर र डिजाइनरले बनाएका हुन्। यो घडी पछिल्लो वर्ष जेनेवा इन्टरनेशनल मोटर शो मा लन्च गरेको थियो। उक्त कम्पनिले ५०० ओटा मात्र घडी बनाएको थियो। यो घडीमा टाइटेनियम पुशर्स लगाएको छ। जुन McLaren 720S कारकाे हेडलाइट्स जस्तो देखिन्छ। यो मात्रै नभएर घडीमा ५ टाइटेनियम क्राउन पनि राखिएको छ। उक्त टाइटेनियम क्राउन McLaren कारको चक्कामा लगाइएको छ।