एजेन्सी–च्याम्पियन्स लिग समुह चरणको पहिलो खेलमा युभेन्टस र एट्लेटिको म्याड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन्। रोमाञ्चक तथा प्रतिस्पर्धातमक खेलमा एट्लेटिको म्याड्रिडले खेलमा उत्कृष्ट पुनरागमन गर्दा खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको शुरु भएको केहि समयमै युभेन्टसका कोर्डाडोकोले ४८औं मिनेटमा गोन्जलो हिगुआइनको पासमा गोल गरेका थिए। सो गोलसँगै पाहुना टोलीले खेलले अग्रता बनाएको थियो। त्यस्तै खेलको ६५ औं मिनेटमा यसभेन्टसले अग्रता दोब्बर बनाएको थियो। उक्त दोस्रो गोल ब्लेइस म्याथुडीले गरेका थिए।
तर खेलको ७० औं मिनेटमा स्टेफन सेभिकले उत्कुष्ट गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। उनले राहुल जिमिनेजको पासमा गोल गरेका हुन्। सुन्दर खेलको ९० औं मिनेटमा हेक्टर हेरेराले गोल गर्दै म्याड्रिडलाई हारबाट जोगाएका थिए। युभेन्टसले भने २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
बराबरीसँगै एट्लेटिको १ अंकको साथ दोस्रो र युभेन्टस समान १ अंक जोड्दै तेस्रो स्थानमा छ भने लोकोमोटिभ मस्को ३ अंकसहित पहिलो स्थानमा छ।