एजेन्सी– च्याम्पियन्स लिग फुटबलको समुह चरणको खेलमा रियल म्याड्रिडले नमिठो हार बेहारेको छ। गए राती भएको खेलमा रियल पीएसजीसँग ३–० को गोलअन्तरले पराजित भएको हो।
नेयमार र एमबाप्पेबिना मैदान उत्रिएको पीएसजीको जितमा रियलकै पुर्व खेलाडी एन्जल डि मारियाले दुई गोल गरेका हुन्। पीएसजीको घरेलु मैदानमा भएको खेलमा १४ औं मिनेटमा एन्जल डि मारियाकले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। उनले जुवान बर्नाटको उत्कृष्ट पासमा गोल गरेका हुन्।
त्यस्तै खेलको ३३ औं मिनेटमा मारियाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले खेलमा २ गोलको अग्रता बनायो।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस म्युनियरले गोल गर्दा पीएसजीले खेल ३–० ले आफ्नो पक्षमा पार्न सफल भयो भने १३ औं पटकको च्याम्पियन रियल भने स्तब्ध बन्यो।