एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले साख्त डोनेस्कलाई पराजित गरेको छ। गए राती भएको खेलमा सिटीले युक्रेनी क्लबमाथि ३–० को जित निकालेको हो।
खेलमा सिटीका लागि २४ औं मिनेटमो रियाद महारेजले पहिलो गोल गरेका थिए। त्यस्तै गुन्डोगोनले ३८ औं मिनेटमा गोल गर्दा सिटीले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो।
ग्याब्रियल जेससले खेलको ७६ औं मिनेटमा गोल गर्दौै सिटीको जित सुनिश्चित गरे। यो जितसँगै सिटीले लिगमा शुखद सुरुवात गरेको छ।