काठमाडौं–मिस टुरिज्म वल्र्ड वाइड नेपाल २०१९ को विजेता सिजल कुँवर भएकी छिन्। उनले ताजसहित मिस व्युटिफुल र मिस ट्यालेन्ट टप–३ को सब टाइटलसमेत हाँसिल गरिन्।
२०१९ मिस टुरिजम सिजलले अब सिंगापुर तथा इन्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
परेली मिडिया ता इभेन्ट संसारको संयुक्त आयोनजामा भएको प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यञ्जनकार, फस्ट रनर अप भइन्। उनले मिस लेडी अप ब्रिलिन्सीको सब टाइटल पनि हाँसिल गरिन्।
पोखराकी पुजा थापा सकेन्ड रनअप हुनुका साथै उनले मिस पर्सानालिटीको सब टाइटलसमेत हात पारेकी छिन्। मिस टुरिज्ममा २७ जना प्रतिस्पर्धीहरु थिए।