एजेन्सी–गएरात मुम्बईमा आयोजित आईफा अवार्डसमा बलिउड स्टारको उपस्थितीले मन्चको शान बढाएको छ। यस समारोह हरेक वर्ष विदेशमा आयोजित हुने गरेको थियो। तर, आईफा २० वर्ष पूरा भएकोले यसको आयोजना मुम्बईमा गरियो।
उक्त कार्यक्रममा सलमान खान, माधुरी, कैटरीना, दीपिका, रणवीर सिंह र सारा अली खान सहित बलिउडका धेरै स्टार पुगे। सलमान खान यस समारोहमा ‘दबंग ३’ को नयाँ अभिनेत्री सई मान्जरेकरको साथमा पुगे र एकसाथ फोटो पनि खिचेँ।
अभिनेत्री अदिति राव हैदरी कालाे गाउनमा पुगिन्। उनले पद्मावत बेस्ट सपोर्टिंग एक्ट्रेसको अवार्ड पनि पाइन्। आयुष शर्मा भने यस समारोहमा पत्नी अर्पिता खानसगँ पुगे। गायक अरिजित सिंहले राजी फिल्मको गीत ‘ऐ वतन’ को कारण अवार्ड पाए।