काठमाडाैं– साफ यु–१८ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्सविरुद्द खेल्दैछ। उपाधि जित्ने लक्ष्य बोकेको नेपाल खेल आफ्नो पक्षमा पार्दै शुखद् सुरुवात गर्ने दाउमा छ।
खेल नेपाली समयअनुसार ३ बजे हल्चोकस्थित एपीएफ रंगशालामा हुँदैछ। प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाललको तयारी राम्रो भएको र डेढ महिना प्रशिक्षणका क्रममा खेलाडीले निकै मिहिनेत गरेका कारण नेपालले खेल जित्ने विश्वास व्यक्त गरे। समुह चरणको खेलहरु केहि सजिलो हुने उनको भनाई थियो।
घरेलु टोलीविरुद्ध खेल्दा दबाब हुने भएतापनि टोलीले राम्रो प्रदर्शन गर्ने माल्दिभ्सका प्रशिक्षक साजली मोहमदले बताएका छन्।नेपाल लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने साेचका साथ मैदान उत्रने छ।