काठमाडौँ, ८ माघ – गायिका टीका पुन र गायक मानव कुलुङ मगरले ‘ए कान्छी’ बोलको गीत बजारमा ल्याएका छन्। यस गीतलाई प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको हो।
यस गीतमा विदेशिएका युवाको जीवन कथालाई समेटिएको छ। बाध्यताका कारण प्रेमिकालाई छाडेर विदेशिनुपर्ने नेपाली युवाका पीडालाई गीतका माध्यमबाट देखाइएको छ।
यस गीतमा गम बयम्बु मगरको शब्द सिर्जना र मुकेश हुमागाईंको छायाङ्कन रहेको छ। अविनाश डिसीको सम्पादन रहेको यस गीतलाई रविन शाहले निर्देशन गरेका हुन्। भिडियोमा शरिष्मा मगर र मानवको अभिनय रहेको छ।
https://youtu.be/Y0RkRCjpXXI