काठमाडौं– संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा २६० जनाको कैद कट्टा गरिएको छ भने २२ जनाको सजाय माफी गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ को मन्त्रिपरिषद्को सिफारिसका आधारमा २ सय ६० जनाको कैद कट्टा गर्ने निर्णय गरेको बताइएको छ।
त्यस्तै संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा गरिएको छ।
यसरी कैद कट्टा र सजाय माफी पाउनेमा विभिन्न कारागारका कैदीहरु रहेका छन्।