एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ। युनाइटेडले एफसी अस्तानाविरुद्ध १–० को साँघुरो जित निकालेको हो।
बिहीबार राति भएको खेलमा युनाइटेडले आक्रमक खेल खेलेतापनि गोल गर्न भने निकै संघर्ष गरेको थियो। लगातारको प्रयासको असफल भएपनि ७३ औं मिनेटमा १७ वर्षीय युवा मिडफिल्डर ग्रिनवुडले गोल गरेका थिए। उनको यो गोल नै युनाइटेडको जितका लागि निर्णायक बन्यो।
त्यसपछि अन्य गोल नहुँदा युनाइटेडले ३ अंक सुरक्षित गर्न सफल भयो।