एजेन्सी– युरोपा लिग फुटबलमा इटालियन क्लब रोमा फराकिलो गोलअन्तरले विजयी भएको छ। । घरेलु मैदानमा भएको खेलमा रोमाले इस्तानुवुल बासकसेरलाई ४–० गोलअन्तरले हराएको हो।
एक गोल आत्मघाती भएको खेलमा रोमाका लागि इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरेका थिए। रोमाले खेलको पहिलो हाफमा १ गोलको अग्रता बनाएको थियो। सो गोल रोमाले ४२ औं मिनेटमा उपहारस्वरुप पाएको थियो।
खेलको ५८औं मिनेटमा जेकोले गोल गर्दा रोमा २ गोलले अगाडि बढेको थियो। त्यस्तै रोमाका निकोलोल ७१ औं मिनेटमा गोल गर्दै रोमालाई जिततर्फ डो¥याएका थिए। आक्रमक खेल खेल्ने क्रममा रोमाका जस्टिनले अन्तिम समयमा गोल गर्दा रोमाले ४–० को शनसनीपूर्ण जित निकालेको हो।
रोमाको सामु कमजोर देखिएको इस्तानुवुल बासकसेरले सात्वना गोल पनि फर्काउन सकेन। यससँगै राेमाले समुहमा ३ अंक जाेडेकाे छ।