काठमाडौं–आजबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन भएको छ। रामबाबु गुरुङको निर्देशन रहेको उक्त फिल्मले पहिलो दिनमा नै आक्रामक व्यापार गरेको छ ।
बिहानैदेखि नै काठमाडाैं लगायत देशभरका सिनेमाघरहरुमा दर्शकहरुको चाँप बढ्दो छ। नेपाली फिल्महरुले आफ्नो लगानिसमेत उठाउन नसकिरहेको अवस्थामा यस फिल्मले भने दर्शकको राम्रो साथ पाएको छ।
दयाहाङ राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो फिल्म सुपरिहट हुने निश्चित जस्तै छ। आज फिल्म हेरेपछि दर्शकले दिने प्रतिक्रियाले भोलिका दिनमा फिल्मले गर्ने व्यापारमा प्रभाव पार्न सक्छ।
पछिल्लो समय दर्शकको जुन क्रेज ‘जात्रै जात्रा’ मा देखिएको थियो त्यस्तै क्रेज अहिले फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा पनि देखिएको छ।