एजेन्सी– अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नै नामको कपडा ब्राण्डको शुरुवात गरेका छन्। ‘मेस्सी’ नामक उक्त कपडाको फेसन ब्राण्डको शुरुवात स्पेनमा गरिएको हो।
फुटबलप्रेमी, विशेषगरि मेस्सीका फ्यानहरुको लागि भने यो खुशीको खबर हो। यसअघि पनि धेरै सुपरस्टारहरुले आफ्नो नामको ब्राण्ड खोलीसकेका छन्। मेस्सी स्वयम उपस्थित भई सो फेसन स्टोरको अवलोकन गरेका थिए। उनको यस ब्राण्डले बजारमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। उक्त ब्राण्डले हालको लागि पुरुषले लगाउने कपडाहरुको उत्पादन तथा विक्रि वितरण गर्ने बताइएको छ।
सो सामानहरु अनलाइन पोर्टलबाट अर्डर गर्न सकिने छ। अनलाइन पोर्टलको नाम ‘द मेस्सी’ राखिएको छ। त्यस्तै सामानहरु फेसन स्टोरमा गएर पनि किन्न सकिन्छ।
‘मेस्सी’ फेसन ब्राण्डलाई उनकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनीले सम्हाल्ने खबरहरुमा उल्लेख छ।