एजेन्सी– बलिउड स्टारद्वय सलमान खान र अक्षय कुमारको फिल्म जुध्ने पक्का भएको छ। आउँदो वर्षको इदमा सलमानको ‘किक २’ र अक्षयको ‘लक्ष्मी बम’ रिलिज हुने बताइएको छ।
सलमानले आईफा अवार्डको रेड कार्पेट इभेन्टमा आफ्नो फिल्म रिजिल हुने बताएपछि अहिले बलिउड तातिरहेको छ। सलमानले यही डिसेम्बरमा ‘दबंग ३’ प्रदर्शन हुने र इदका लागि आफ्नो अर्को फिल्म तयार भइरहेको जानकारी दिएका थिए। यसअघि नै अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ अर्को बर्षको इदमा रिलिज हुने घोषणासहित अघि बढिसकेको छ।
सलमान र आलियाको अभिनय बन्ने भनिएको फिल्म ‘इंशाअल्लाह’ मा अन्तिम समयमा सलमानले काम नगर्ने बताएका थिए। यदि उनले सो फिल्ममा काम गरेको भए इदमा उक्त फिल्म रिलिज हुने अनुमान गरिएको थियो।
यद्यपी सलमानले इदमा आफ्नो फिल्म आउने निश्चित भएपनि ‘किक २’ नै आउने हो वा होइन खुलाएका थिएनन्।