एजेन्सी– क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम बार्बाडोस ट्राइडेन्टसले लिगमा दोस्रो जित निकालेको छ। शजिबार बिहान भएको खेलमा बार्बाडोसले सेन्ट लुसिया जुक्सलाई ७१ रनले हराएको हो।
टस हारेर ब्याटिङ गरेकोे बार्बाडोसले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७२ रनको राम्रो योगफल तयार गरेको थियो। बार्बाडोसको लागि जस्टिन ग्रीब्सले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रन बटुलेका थिए।
त्यसपछि १ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा १ सय १ रन बनाउँदै अल आउट भएको हो। बार्बाडोसको जितमा नेपाली स्पिनर लामिछानेले सामान्य प्रदर्शन गरे। उनले ३.५ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए।
यससँगै बार्बाडोस तालिकाको चौथो स्थानमा छ। ४ खेलमा २ खेल जितेको र २ खेल हारेको छ बार्बाडोसको ४ अंक छ।