एजेन्सी– बार्सिलोनाका उदाउँदा स्टार आन्सु फतीले औपचारिक रुपमा स्पेनको नागरिक भएका छन्। उनले स्पेनको नागरिकता प्राप्त गरेका हुन्। स्थानिय सरकारले कानुनी प्रक्रिया पुरा गरी उनलाइृ नागरिकता प्रदान गरेको हो। यससँगै उनले स्पेनबाट अन्र्राष्ट्रिय फुटबल खेल्न पाउने भएका छन्।
स्पेनमा स्थायी रुपमा १० वर्ष बसेमा त्यहाँको नागरिकता पाउने कानुनी व्यवस्था छ। फाती अहिले १६ वर्ष पुगेका छन्। उनले बार्सिलोनाको सिनियर टिमबाट खेल्न सुरु गरिसकेका छन्। उनलाई विश्व फुटबलको उदाउँदा ताराको रुपमा विश्लेषण गर्न थालिएको छ।
अफ्रिकी मुलुक गिनी बिसाउमा जन्मिएका फातीले पोर्चुगलको नागरिकता पनि पाउने सम्भावना रहेको छ। उनको पूर्खाहरु पोर्चुगल बसाईसरी उतै बस्दै आएका छन्।
यदि त्यस्तो भएमा उनले ३ ओटा देशबाट फुटबल खेल्न पाउनेछन्। कुन देशको प्रतिनिधित्व गर्दै खेल्ने भन्ने कुरा उनी आफैमा भर पर्ने बताइएको छ। उनी जन्मिएको देशमा फुटबलको खासै प्रभाव नभएको कारण उनले आफ्नो करियरको लागि स्पेन रोज्न सक्ने अनुममान गरिएको छ।