एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले साउथह्याम्पटनलाई पराजित गरेको छ। शुक्रबार राति सेन्ट मेरिज स्टेडियममा भएको खेलमा पाहुना टोली बर्नमाउथले ३–१ गोलको शानदार जित निकालेको हो।
खेलको पहिलो हाफमा बर्नमाउथले २ गोलको अग्रता बनाएको थियो। घरेलु टोलीलाई शुरुवात देखि नै दबाब राख्न १९ औं मिनेटमा बर्नमाउथका नाथन एकेले डिएगो रिकोले गोल गरेका थिए।
त्यस्तै ३५औं मिनेटमा फिलिप विलिङको पासमा ह्यारी विल्सनले गोल गर्दा पाहुना टोलीले खेलमा पकड बनाएको थियो। बल पोसेसन कम भएपनि पाहुना टोली खेलमा हाबी भएको थियो।
दोस्रो हाफको केहि समयपछि जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई लयमा ल्याउने प्रयास गरेका थिए। तर थप गरिएको समयमा कलुम विल्सनल गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे।