एजेन्सी– इण्डियन प्रिमियर लिग(आईपिएल)को कारण श्रीलंकाका प्रमुख खेलाडीहरु पाकिस्तानमा क्रिकेट खेल्न नआएको शाहिद अफ्रिदीको आरोप छ। पाकिस्तानका पूर्व कप्तान अफ्रिदीले आईपिएल फ्रेन्चाईजीले श्रीलंकाली खेलाडीमाथि दबाब दिएको बताएका छन्।
आइपीएल खेल्ने श्रीलंकाका लसिथ मालिंगा, एन्जेलो म्याथ्यूज, दिनेश चंडीमल, सुरंगा लकमल, दिमुथ करूनारत्ने, थिसारा परेरा, अकिला धनंजय, धनंजय डि सिलवा, कुशल परेरा तथा निरोशन डिकवेलाजस्ता शीर्ष खेलाडीले सुरक्षाका कारण पाकिस्तानमा २७ सेप्टेम्बरबाट सुरू हुने पाकिस्तान भ्रमणमा जान अस्वीकार गरेका थिए।
ती खेलाडीहरुले आफूले पाकिस्तान आएर खेलेमा आईपिएलवालाहरूले उनीहरूसँगको करार नथप्ने भन्दै गुनासो गरेको अफ्रिदीले बताएका छन्। सन् २००९ मा पाकिस्तानमा क्रिकेट खेल्न गएको श्रीलंकाली टोलीमाथि आतंकवादी हमला भएको र खेलाडीहरूले सुरक्षाको खतरा रहेको भन्दै खेल्न अस्वीकार गरेको बताएइएको छ। त्यस हमलामा ८ व्यक्तिको निधन हुनुका साथै कयौं व्यक्ति घाइते भएका थिए।
पाकिस्तान र श्रीलंकाले कराची र लाहोरमा ३–३ वान डे र टि–२० क्रिकेट खेल्ने तयारी भइरहेको छ।