काठमाडौं– प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको छ। पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो।
ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको खेलमा पुलिसले आर्मीलाई सजिलै पराजित गरेको हो। आर्मीले ३–० को सोझो सेटमा हार बेहारेसँगै उप विजेतामा चित्त बुझाएको छ। विजेता पुलिस क्लबले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।
खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–२२ तथा २५–२२ को सेटमा हराएको हो। सर्वाधिक धनराशीको यस प्रतियोगितामा ८ टोलीको सहभागिता जनाएका थिए।