एजेन्सी–बलिउड अभिनेता सनि देओलको छोरा करण देओलको डेब्यू फिल्म ‘पल पल दिल के पास’ रिलीज भइसकेको छ। करण देओलको साथमा यस फिल्ममा सहर बाम्बाले पनि डेब्यू गरेकी छिन्। लभ स्टोरीमा आधारित उक्त फिल्ममा दर्शकको राम्रो क्रेज देखिएको छ। फिल्मले पहिलो दिन बक्स अफिसमा राम्रै व्यापार गर्न सफल भयो। इन्डिया डट कमको अनुसार फिल्मले पहिलो दिन बक्स अफिसमा ११ करोड १० लाखको कलेक्शन गर्यो।
करण देओलको यस डेब्यू फिल्मको साथै अभिनेत्री सोनम कपूरको ‘द जोया फ्याक्टर’ र संजय दत्तको फिल्म ‘प्रस्थानम’ रिलिज भएको छ। तर व्यापारको हिसाबले भने यी ३ ओटा फिल्मले नै बक्स अफिसमा राम्रो प्रर्दशन गर्न सकेन।
फिल्मको कथामा करण देओल मनाली सहरमा स्थित एक ट्रैकिंग कम्पनिको मालिकको भूमिकामा र सहर बाम्बा दिल्लीको एक केटीको भूमिकामा छन्। उक्त फिल्ममा असाइनमेन्टको बहानामा सहर बाम्बाको भेट करण देओलसगँ हुन्छ। उक्त फिल्मले दर्शकबीच राम्रो छाप भने छोड्न सकेन।