एजेन्सी– रोयल च्यालेन्जर्स बेङ्लोर(आरसीबी) को कप्तानी विराट कोहलीले नै गर्ने भएका छन्। भारतीय क्रिकेट टिमका कप्तान कोहलीले आइपीएलमा राम्रो कप्तानी गर्न नसकेको आलोचना भएपनि उनले पुनः आरसीबीको कप्तानी सम्हाल्ने बताइएको छ।
तर अर्का भारतीय क्रिकेटर तथा सांसद गौतम गम्भिरले भने केहलीको आलोचना गरेका छन्। विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो कप्तानी गरेपनि आइपीएल राम्रो गर्न नसकेको उनको भनाई छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्मा र एमएस धोनीजस्ता खेलाडी भएका कारणले मात्र विराट सफल भएको उनले बताएका छन्।
रोहितले मुम्बई इण्डियन्सलाई तथा धोनीले चेन्नई सुपर किङ्सलाई जति योगदान दिएका छन् उनी योगदान विराटल रोयल च्यालेन्जर्स बेङलोरलाई दिन नसकेको भन्दै विराटको आलोचना गरेका छन्।