काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो।
बैठकमा प्रदेश नम्बर २ मा नेकपाभित्र देखिएको आन्तरिक विवाद तथा वर्तमान राजनितिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू उपस्थित भएका छन्।
बिहीबार स्थगित भएको बैठक शुक्रबार संविधान दिवस परेकोले शनिबारका लागि बोलाइएको हो। स्थायी समिति सदस्य रघुबीर महासेठ र प्रभु शाहविरूद्ध परेको उजुरीबारे पनि छलफल हुने नेकपाले जानकारी दिएको छ।
त्यस्तै सो बैठकमा पार्टी एकताका बाँकी कामहरू र जिम्मेवारी बाँडफाँटबारे पनि थप छलफल हुने बताइएको छ।