एजेन्सी–अक्षय कुमारको फिल्म ‘भूल भुलैया’ को सीक्वल को लागी निमार्ता धेरै समयदेखि काम गरिरहेका छन्। ‘भूल भुलैया २’ मा कार्तिक आर्यन को नाम पहिले देखि नै फाइनल भइसकेको थियो। तर अब शो फिल्मको लागी मुख्य अभिनेत्री पनि फाइनल भइसकेकी छिन्। अभिनेत्री कियारा आडवाणी कार्तिकको साथ मुख्य भूमिकामा देखिन्छिन्। शो फिल्म मार्फत पहिलो पटक कार्तिक आर्यन र कियाराको जोड़ी सिल्वर पर्दामा देखिदैँ छ।
पोस्टरमा कार्तिक आर्यनले भगवान् आउटफिट, कालो चश्मा र हातमा हड्डि बोकेको देखिन्छ। कार्तिक र कियाराको जोडी देख्नको लागी दर्शकहरु भने उत्साहित भएका छन्। भूल भुलैया २ को सुटिङ अक्टूबरमा सुुरु हुदैछ। फिल्मको पहिला मोशन पोस्टर पनि रिलीज भइसकेको छ। जसमा कार्तिकलाई निकै आकर्षक रुपमा देखाइएको छ।
कार्तिकले पछिल्लो दिनमा सारा अली खानसगँ फिल्म ‘लव आज कल २’ को शूटिंग पूरा गरेका छन्। हाल अभिनेत्री अनन्या पांडेसगँ फिल्म ‘पति पत्नी और वो’को छायांकन गरिरहेका छन् र साथै कार्तिक जाह्नवी कपूर को साथमा करण जौहरको फिल्म ‘दोस्ताना २’ मा देखिदैँ छन्।
हरर कमेडी फिल्म ‘भूल भुलैया २’ भन्दा अगाडि कियारा आडवाणी यसै वर्ष रिलीज भएको फिल्म ‘कबीर सिंह’ मा शाहिद कपूरको साथमा मुख्य अभिनयमा देखिएकी थिइन्। कियारा अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम्ब’ मा काम गरिरहेकी छिन्। फिल्म सन् २०२०को ईदमा रिलीज हुनेछ। यस बाहेक कियारा आडवाणीसगँ फिल्म ‘इंदू की जवानी’ पनि छ।