काठमाडाैं– नेपालले साफ यु–१८ च्याम्पियनसीपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूहको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
दोस्रो खेलमा नेपाल भुटानविरुद्द स्पष्ट जितको खोजिमा हुनेछ। पहिलो खेलमा आक्रमक खेल खेलेपनि नेपाल अंक बाँड्न बाध्य भएको थियो। सो खेलपसछ प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाललाई ‘अभागी’ भनेका थिए।
नेपालले यसअघिको दुबै संस्करण लगातार जितेको थियो। खेल हलचोक स्टेडियममा ३ बजे शुरु हुनेछ। समुह बीमा नेपाल, भुटान र माल्दिभ्स रहेका छन् भने समुह ए मा बंगलादेश, श्रीलंका र भारत छन्। समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।