एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ। शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानमाथि उसकै मैदानमा २–० को शनसनी जित निकालेको हो।
मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुको गोलमा इन्टर विजयी भएको हो। पहिलाृ हाफ गोलरहित बराबरीमा सकिएको थियो। इन्टरको दुबै गोल दोस्रो हाफमा भएको थियो। प्रतिस्पर्धात्मक खेलको ४९ औं मिनेटमा ब्रोजोभिकको गोलमा पाहुना टोलीले अग्रता बनाएको थियो।
त्यस्तै रोमेलु लुकाकुले खेलको ७८ औं मिनेटमा निकोलो बरेलाको पासमा गोल गर्दै इन्टर मिलानको जित सुनिश्चित गरेका थिए। त्यसपछि थप गोल नहुँदा इन्टरले खेल २–० ले जितेको हो।
यस जितसँगै लिगमा अपराजित यात्रा कायम राखेको इन्टर मिलान सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ। उसले ४ खेलबाट १२ अंक बटुलेको छ। दोस्रो स्थानको युभेन्टसको भने १० अंक छ।