काठमाडौं — दशै लागे सँगै पोखरा र चितवन घुम्न चाहनेहरुका लागि आकर्षक प्याकेज आएको छ। दसैंका बेला घुमौं पोखरा—चितवन भन्ने नारासहित २३ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याइएको हो।
पोखराको क्राउन हिमालयज र चितवनको राइनो लजले बन्डलिङ गरेर प्याकेज ल्याएको हो। यो दुवै होटलका लगानीकर्ता एकै हुन्। यो नेपाली नागरिकलाई मात्रै लक्षित गरेर ल्याएको बताइएको छ।
क्राउन हिमालयजका निर्देशक आग्रह अर्यालले दसैंको समयमा दुई पर्यटकीय नगरीमा स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिन खोजेको बताए। चार रात पाँच दिनको प्याकेज ल्याएको जानकारी गराउँदै उनले भने, ‘राइनो लजमा दुई रात र क्राउन हिमालयमा दुई रातको बसाइ हुनेछ।
आन्तरिक पर्यटकले चितवनमा हात्ती सफारी, बर्ड वाचिङ, क्यानोइङ राइड र इलेफेन्ट ब्रिडिङ सेन्टरमा निस्शुल्क घुम्न पाउनेछन्। साइट सिन, फेवातालमा एक घन्टा बोटिङ र एक जनालाई स्पामा २० प्रतिशत छुट हुनेछ भने दुवै होटलमा ब्रेकफास्ट निशुल्क हुनेछ।’
उनले पछिल्लो समयमा दसैंमा घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेज ल्याएको बताए। ‘हाम्रो उदेश्य दसैंका बेलामा नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेज ल्याएका हौं,’ अर्यालले भने। उनका अनुसार दुवै होटलमा पिकअप र ड्रप निस्शुल्क हुनेछ। यो नोभेम्बर ३ तारिखसम्म मात्रै लागू हुनेछ।