एजेन्सी– साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा फारकिलो अन्तरले विजयी भएको छ। जित निकालेको छ। कोलोग्नवरिुद्ध घरेलु मैदानमा बायर्नले ४–० को जित निकालेको हो।
रोवर्ट लेवान्डोस्कीको दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसको समान एक गोलमा बार्यनले कोलोग्नलाई पराजित गरेको हो। १० खेलाडीमा समेटिएको कोलोग्नले भने सान्त्वना गोल पनि फर्काउन सकेन। रोवर्ट लोवान्डोस्कीले जोसुवा किम्मिचको पासमा खेल शुरु भएको ३ मिनेटमा नै गोल गरेका थिए। पहिलो हाफमा १ गरेको गरेको बार्यनले दोस्रो आफमा थप ३ गोल गरेको हो।
दोस्रो हाफ शुरु भएलगत्तै रोवर्टले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २ गोलको अग्रता दिएका थिए। त्यस्तै फिलिपे कौटिन्होले ६२ औं मिनेटमा गोल गर्दा घरेलु टोली ३ गोलले अघि बढेको थियो। ७३ औं मिनेटमा कौटिन्होको पासमा इभान पेरिसिसले गोल गर्दै बायर्नको फराकिलो जित सुनिश्चित गरे।
घरेलु टोलीसामु कमजोर देखिएको कोलोग्नले एक गोल पनि गर्न सकेन। ५९ औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए थिए। जितसँगै बार्यन ११ अंक जोडेर दोस्रो स्थानमा छ। वेर्डर ब्रेमेनमाथि ३–० को सहज जित निकालेको आरबी लाइप्जिग बुन्डेस लिगाको शीर्षस्थानमा छ।