काठमाडौं– नेपालको शीर्ष डिभिजन क्लब रुस्लान थ्री स्टारले बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्ने भएको छ। थ्री स्टारको वार्षिक साधारण सभामा महासचिव सञ्जिव शिल्पकारले यस्तो जानकारी दिएका हुन्।
प्रतियोगिता अक्टोबर १९ देखि ३० सम्म बंगलादेशको चितगोङमा हुनेछ। सअघि नेपालबाट सन् २०१७ मा मनाङ मर्स्याङ्दीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो।
सो प्रतियोगितामा थ्री स्टारसँगै माल्दिभ्सको टिसी स्पोर्ट्स, भारतको मोहुन बगान, चेन्नई सिटी र मोहमडन तथा बंगलादेशको अबाहानी ढाका, चितगोङ अबाहानी र बसुन्धारा किङ्गसको सहभागिता रहने बताइएको छ।