एजेन्सी–कुनै समयकी चर्चित बलिउड क्वीन ऐश्वर्या राय पछिल्लो समय फिल्मी दुनियाँबाट टाढाँ रहेकी छिन्। उनी पछिल्लो समय फिल्म ‘फन्ने खाँ’ मा देखिएकी थिइन्।
त्यसपश्चात् उनी आफ्नो पारिवारिक जिवनमा व्यस्त भएदेखि बलिउड फिल्म क्षेत्रमा देखिएकी थिइनन्। तर अब उनी फिल्ममा पुनः फर्किने हल्ला चलिरहेको छ।
ऐश्वर्या फिल्म ‘कौन थी’को रिमेकमा देखिने भएकी छिन्। फिल्म ‘इरुवर’ बाट डेब्यू गरेकी ऐश्वया पर्दामा नदेखिए पनि मिडियामा भने छाइरहेकी छिन्। सन् २०१६ रिलिज भएको उनको फिल्म ‘ए दिल हे मुस्किल’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।