एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले हेलास भेरोनालाई हराएको छ। शनिबार भएको खेलमा युभेन्टसले हेलास भेरोनामाथि २–१ को कठिन निकालेको हो।
रोमाञ्चक खेलमा भेरोनाले २० औं मिनेटमा पेनाल्टी पाएको थियो। तर भेरोनाका स्यामुइल डि कारमाइनले सो मौकाका सदुपयोग गर्न सकेनन्। त्यस लगत्तै भेलोसोले गोल गर्दा पाहुना टोलीले खेलमा अग्रता बनाएको थियो।त्यसपछि केहि दबाबमा परेको युभेन्टसले ३१ औं मिनेटमा खेलमा बराबरी गर्न सफल भयो। रोनाल्डोको पासमा आरोन राम्सीले गोल गर्दा युभेन्टस खेलमा फर्किएको थियो।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप १ गोल भएको थियो। दोस्रो हाफमा कोरे गन्टरले युभेन्टसका जुआन कोर्डाडोलाई लडाएपछि युभेन्टसले ४९ औं मिनेटमा पेनाल्टी पायो। उक्त पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए। त्यही गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो।
त्यसपछि खेलमा थप गोल हुन सकेन र युभेन्टसले खेल २–१ ले आफ्नो पक्षमा पार्यो। जितसँगै युभेन्टस ४ खेलमा १० अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानको इन्टर मिलानको १२ अंक छ।