महोतरी – जिल्लास्थित राम उच्च मावि, मटिहानी र राष्ट्रिय मावि, मझौराका कक्षा ९ का विद्यार्थीले ल्यापटप पाएका छन्। विद्यालयको ४० प्रतिशत र मटिहानी नगरपालिकाको ६० प्रतिशत लगानीमा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न ल्यापटप वितरण गरिएको हो।
शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विद्यार्थीलाई ल्यापटप वितरण गरे। ल्यापटपले विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने कार्यक्रममा मुख्यमन्त्री राउतको भनाई छ।
मटिहानी नगरपालिकाले शिक्षाप्रति विशेष चासो देखाएको बताउँदै उनले शिक्षालाई घरघरसम्म पुर्याउन प्रदेश सरकार सदैव सहकार्य गर्न आतुर रहेको स्पष्ट पारेका छन्।
विद्यालयमा प्राविधिक शिक्षा तत्काल सुरु गर्नुपर्ने आवश्यकता देखिएको सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जनाए। मुख्यमन्त्री राउतले कार्यक्रममा विद्यालय परिषद्मा दुईवटा बिरुवापनि रोपेका थिए।