एजेन्सी– आज राती इङ्लिस प्रिमियर लिगमा चार खेल हुँदैछन्। तीमध्ये केहि खेल महत्वपुर्ण मानिएको छ।
आज हुने पहिलो खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। लिगको यो खेल निकै महत्वपूर्ण हुनेछ। सो खेल नेपालीसमयअनुसार साँझ ६ः४५ बजे हुनेछ। साँझ ६ः४५ मै हुने खेलमा क्रिस्टल प्यालेसले उल्भ्ससँग खेल्नेछ।
तेस्रो खेलमा आर्सनलले एस्टोन भिल्लाको सामना गर्नेछ। सो खेल राती ९ः१५ मा हुनेछ। त्यस्तै आज दुई ठूला क्लब चेल्सी र लिभरपुल पनि एक अर्का विरुद्ध मैदान उत्रने छन्।
उक्त खेल भने राती ९ः१५ मा शुरु हुनेछ।लिभरपुर शतप्रतिशत जितसहित शीर्षस्थानमा रहेको छ भने चेल्सीले ५ खेलमध्ये २ मा जित, २ मा बराबरीमा र १ खेल हार्दै ८ औं स्थानमा छ। म्यानचेस्टर सिटी दोस्रो तथा आर्सनल १० औं स्थानमा छ।