एजेन्सी–बलिउड फिल्म ‘गली बोई’ लाई अन्तर्रा्ष्ट्रिय फिचर फिल्म फेस्टिबलमा पठाइएको छ। सुपरस्टार रणवीर सिंह र अभिनेत्री आलिया भट्टको उक्त चलचित्रलाई ९२ औं एकेडेमी अवार्डमा हुने अन्तर्रा्ष्ट्रिय फिचर फिल्म फेस्टिबलमा पठाइएको छ। रितेश सिधवानी र फरहान अख्तरको निर्माण रहेको उक्त फिल्मलाई जोया अख्तरले निर्देशन गरेका हुन्।
शो फिल्ममा रणवीरले र्यापरको भूमिका र आलियाले रणवीरको प्रेमिकाको भूमिका निभाएकी छिन्। राम्रो कथावस्तुमा बनेको फिल्म ‘गली बोइ’ ले दर्शकको मन जितेको थियो। आफ्नो चलचित्र ‘गली बोई’ अस्कर अवार्डको लागी छानिएकोमा शो फिल्मका मुख्य कलाकारहरुले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।