एजेन्सी–बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरलाई सुन्दर जोडीको रुपमा लिइन्छ। उनीहरु एकअर्कालाई सधैँ साथ दिन्छन्। सैफ अली र करीना कपूरको सहयोगी बानी अन्य कलाकारहरुको लागि पनि प्रेरणा बनेको छ।
उनीहरुबीच राम्रो समझदारी भएतापनि करीनालाई सैफको एउटा बानी भने फिटिक्कै मन पर्दैन। एक कार्यक्रममा करीनासँग सैफको कुन चाहिँ बानी मन पर्दैन भनेर प्रश्न सोधिएको थियो।
उनले उक्त प्रश्नको उत्तर यस्तो दिइन्, ‘सैफसँग मैल के मेरा लागि सोफा बनाइदिनुहुन्छ भनेर सोधे भने, यसमा पहिलो जवाफ नाइँ नै आउछ र त्यसको ३ घण्टापछि मात्र उहाँ मलाई म्यासेज गर्नुहुन्छ र सोधनुहुन्छ, ‘सोफा बनाउनुपर्छ?’ अनि त्यसपछि मेरो रियाक्सन हुन्छ, पहिले मैले सोध्दा चाहिँ किन मान्नुभएन?’
सैफको यही बानी चाहीँ उनलाई मन नपर्ने बताइन्। उनिहरुको छोरा तैमुरुको पनि बलिउडमा उत्तिकै चर्चा हुने गरेको छ। हाल सैफ र करीना पहिलाको जस्तोे लगातार पर्दामा देखिएका छैनन्।