एजेन्सी – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कठिन जित निकालेको छ। आइतबार भएको खेलमा पाहुना टोली पीएसजीले लियोनलाई १–० गोलले पराजित गरेको हो।
पीएसीको जितमा ब्राजिलियन् स्टार नेयमारले एक मात्र निर्णायक गोल गरेका हुन्। बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दा पीएसजीले महत्वपुर्ण ३ अंकजोडेको छ। आक्रमक खेलेको पीएसजी घरेलु टोलीमाथि हाबी भएपनि गोल भने सफल भएको थिएन।
एक माथि अर्को आक्रमण गरिरहेको पीएसजी बारम्बार गोल गर्नबाट चुकेको थियो। तर खेलको अन्तिम समयतिर नेयमारले गोल गर्दै पीएसजीलाई स्पष्ट जित दिलाए। उनले ८७ औं मारियाको पासमा उत्कृष्ट गोल गरेका थिए।
यस जितससँगै अपराजित रहेको पीएसजीले शीर्षस्थानमा छ। उसले ६ खेलबाट १५ अंक जोडको छ। लियोन भने ८ अंकको साथ नवौं स्थानमा छ।