काठमाडौं — इन्दिरा भट्टराईको स्वरमा ‘वदनाम बनाउने तिमीले’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सुमन थापा मगरको शब्द रहेको गीतमा लक्षु प्रकाश मल्लले सँगीत भरेका छन्।
आर्यान बिमलीको निर्देशनमा तयार भएको गीतमा इन्दिरा भट्टराई र ईश्वर खड्काको मुख्य अभिनय रहेको छ। देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले यसअघि पनि धेरै गीतमा श्वर दिएकी छन्।
आर्यान विमलीकाे नै छायाँकन रहेको गीतलाई दिपक जोशीले सम्पादन गरेका हुन्।
हेर्नुहाेस भिडियाे
https://www.youtube.com/watch?v=JAde9Y6sbEQ&feature=share&fbclid=IwAR2blQyTfuX-vtb9GNINyeBbLXPaBeYl-RrL0niWaFADfv_cHF2hFB3SmjY